साताको पहिलो दिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =