संघीय संसदले पारदर्शी तरिकाले काम गर्नुपर्छ : उर्मिला अर्याल

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसदको काम पारदर्शी बनाउनुपर्ने बताएकी छन् ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले संघीय संसदको सबै कामहरूलाई पारदर्शी ढंगले गर्नुपर्ने बताएकी हुन् ।

उनले संसदलाई पारदर्शी रुपमा सुचारु गर्नसके सरकारका कामहरूलाई पनि संसदले सुधार गर्न सक्ने वातावरण बन्ने बताइन् ।

उनले राष्ट्रियसभाको सम्बन्ध प्रदेश र स्थानीय तहसँग पनि भएको उल्लेख गर्दै राष्ट्रिय सभाले संघीय, प्रदेश र स्थानीय तहको सरकारलाई जोड्न भुमिका खेल्नुपर्ने पनि बताइन् ।

उनले भनिन् ‘पारदर्शी तरिकाले हामीले सबै हाम्रो कामहरूलाई सुचारु राख्न सक्यौँ भने बल्ल संघीय संसदले अरु पक्षमा सरकारले गरेका कामहरु लगायत सम्पूर्ण चिजमा हामीले उहाँहरूलाई करेक्सनमा राख्न सक्ने वातावरण सिर्जना हुन्छ जस्तो लाग्छ । विशेषगरी राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरकारसँग पनि जोडिएर गएको हुनाले हाम्रो काम, कारबाही र समन्वयले तल स्थानीय तहमा रहेको सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई जोड्ने र ती संसद÷सभाहरूलाई बढी प्रभवकारी बनाउने हिसाबले पनि हाम्रो भुमिका महत्वपूर्ण छ राष्ट्रिय सभाको । संघीय संसद सम्पूर्ण जिम्मेवारीसहित हामी यसरी जानुपर्छ ।’

उपाध्यक्ष अर्यालले संसद सेवामा काम गर्ने कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने बताइन् । उनीहरूको कदर गर्नुपर्ने पनि उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =