अफगानिस्तानविरूद्ध संकटमा नेपाल, अर्जुन कुमालको अर्धशतक

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् ।

यो समाचार तयार पार्दासम्म कुमाल ८८ बलमा ७२ रन बनाएर खेलीरहेका छन् ।

कुमालले ७५ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनले ३१औं ओभरमा अर्धशतक पूरा गर्दा नेपालले १४२ रन जोडे पनि ७ विकेट गुमाइसकेको छ ।

नेपालले १९ औं ओभरमा लगातार दुई विकेट गुमायो । १८.३ ओभरमा उत्तम मगर ४ रनमा र दुई बलपछि आकाश त्रिपाठी शून्यमा आउट भए । दुवैलाई अफगानिस्तानका मारूखीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै गुल्सन झा १७ र दिपेश कँडेल ११ रनमा आउट भए ।

त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भएका छन् । उनले ३७ बल खेल्दा १ चौका प्रहार गरे ।

नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको थियो । ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए । यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए । उनी पनि फारुदूनकै बलमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =