साताको पहिलो दिन १३ सयले घट्यो सुनको मूल्य

काठमाडाैँ । साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ७४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २२ रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *