शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । कीर्तिमानी मूल्य कायम गर्दै लगातार दुई दिन (मंगलरबार र बुधबार) घटेर बिहीबार बढेको सुनको मूल्य आज बढेको हो ।

बिहीबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *