कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो(अपडेट)

काठमाडौं । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रवक्ता रञ्जन दाहालका अनुसार जलेर घटनास्थलमै सुशीला पासवानको मृत्यु भएको थियो । आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको पनि न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।

३ जना घाइतेको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । मृतक सबै गोदाममा काम गर्ने कामदार हुन् । प्रहरीका अनुसार गोदाममा काम गर्ने मजदुरहरूले चुरोट पिउन खोज्दा त्यसैबाट आगो सल्किएको थियो ।

‘कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम भर्ने क्रममा चुरोट सक्काउँदा आगजनी भएको पाइएको छ’, डीएसपी दाहालले भने ‘त्यहाँ प्रयोग हुने केमिकल एकदमै प्रज्ज्वलनशील पदार्थ हो।’

यो पनि पढ्नुहोस्–मृत्यु हुनेको संख्या दुई पुग्यो, घाइतेलाई काठमाडौं ल्याइँदै(अपडेट)

                             आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु(अप्डेट)

                             विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =