विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते
२०८० मंसिर २० गते

काठमाडौं । विराटनगरको कवाडी गोदाममा बुधबार आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा एक्कासी आगलागी भएपछि अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीमा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
डिएसपी रन्जन दाहालका अनुसार घटनामा घाइते भएका चार जनालाई न्यूरो अस्पतालमा र एक जनालाई कोशी अस्पतालमा उपचाररार्थ लगिएको छ । घाइतेहरूको विवरण खुलिनसकेको प्रहरीले जानकारी दिए ।
उनका अनुसार विराटनगर महानगरका २ वटा दमकल, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । दाहालका अनुसार आगो अझै पूरै नियन्त्रणमा आइसकेको छैन ।
२०८० मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








