आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु(अप्डेट)
२०८० मंसिर २० गते

काठमाडौं । विराटनगरमा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
यहाँको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । विराटनगर ७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
‘दीपक मण्डलको मृत्यु भएको छ, न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते छन्’, मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले भने, ‘कोशीमा उपचार गराइरहेका एक जनाको अवस्था सामान्य छ ।’
यो पनि पढ्नुहोस्–विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते
२०८० मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








