नेपालमा दर्ता हुन टिकटकले ईमेल मार्फत् पठायो पत्र

काठमाडौं । नेपालमा दर्ताको हुने आशयका साथ टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।
‘सामाजिक सञ्जाल नियमन निर्देशिका आउनु राम्रो पक्ष हो भनेर टिकटकले प्रशंसा गर्दै ईमेल पठाएको छ,’ मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, ‘ईमेलमा दर्ताको सम्बन्धमा दुई÷तीन ओटा बुँदामा प्रश्न उठाएको छ । ’
उनले अगाडि भने, ‘ईमेल हेर्दा उनीहरूको आशय नेपालमा दर्ता हुने चाहेको भन्ने देखिन्छ । ’
अहिले टिकटकमाथि प्रतिबन्धको विषय अदालतमा विचाराधीन रहेकाले सरकारले जवाफ नफर्काउने सुवेदीले सुनाए । अन्य प्लेटफर्मलाई सूचीकरण गर्नेबारे छलफल गर्ने भए पनि अदालतबाट टिकटकका सन्दर्भमा अन्तिम निर्णय नआएसम्म सो प्लेटफर्मसँग आधिकारिक कुरा नहुने उनले बताए ।
२७ कात्तिकमा सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ ओटा रिट दर्ता भएका छन् ।
ती रिट उपर मंगलबार पूर्ण सुनुवाइको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
यो पनि पढ्नुहोस्–कहाँ पस्यो टिकटकको भिड ?
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’








