टिकटकको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउन सकारात्मक देखिएका छन्।

प्रचण्डले प्रतिपक्षी दलको समेत चाहनाअनुसार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको दाबी गर्दै यसलाई खुलाउन सकरात्मक रहेको संकेत गरेका हुन्।

सोमबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले सुधार गर्न सकिने ठाउँमा सुधार गरेर खुलाउन सकिने र यसका लागि काम भइरहेको बताए।

अदालतले पनि तत्काल प्रतिबन्ध हटाउन नभनेको र सरकारकै पक्षमा निर्णय गरेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको बताए।

प्रतिबन्ध लगाएपछि कतिपयबाट सकरात्मक प्रतिक्रिया आएको पनि प्रचण्डले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *