टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतमा आजबाट सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए । ती रिटहरुमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

यसअघि न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो ।

यो पनि पढ्नुहोस्– टिकटक प्रतिबन्धविरुद्ध रिट न्यायाधीश माथेमा र शर्माको इजलासमा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =