काठमाडौँमा चिसो बढेसँगै जनजीवन प्रभावित
२०८० मंसिर १८ गते

काठमाडौँ । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।
आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।
आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढिरहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।
काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।
२०८० मंसिर १८ गते
प्रतिक्रिया








