‘एसियाली कप खुला रेटिङ कप बुद्धिचाल’ को च्याम्पियन बने भारतीय खेलाडी कुण्डु

काठमाडौँ । भारतीय खेलाडी सुभयान कुण्डुले हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि जितेका छन् ।

प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले नौ चरणको ६ जित र ३ बराबर परिणाम निकाल्दै कुल ७.५ अंक जोडेर अपराजित रहँदा च्याम्पियन भएका हुन् ।

उनले उपाधिसहित नगद १ लाख २५ हजार पुरस्कार राशि हात पारेका छन् ।

नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ७ अंक जोड्दै बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले दोस्रो स्थान हात पारे । उनले ७५ हजार नगद र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रितसिं नगद ४० हजार रुपैयाँ जित्न सफल रहे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मोहमद सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६।५ अंक प्राप्त गर्दै चौथोदेखि दशौं स्थानमा समेटिन सफल बनेका छन् ।

एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दाहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशीष राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल बनेका छन्।

झिल्के मोक्तान उत्कृष्ट स्थानीय खेलाडी, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहनसिं प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनी रानासिंघे महिला प्रथम, इसानाभि दोस्रो भइन् ।

विजेता तथा उपविजेता एवम् खेलाडीहरुलाई मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा करिब नगद ५ लाख ८७ हजार ५ सय रुपैयाँ नगद वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *