खुल्ला बुद्धिचाल प्रतियोगिता : भारत र बङ्गलादेशका खेलाडीहरू उपाधिको अग्रपंतिमा (तस्बिरहरू)

काठमाडौँ । ‘हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०’ को पाँचौँ राउण्ड समाप्त भएको छ ।

पाँचौँ चरणमा २३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले चौथो राउन्डमा सहज जीत हात पारे र पाँचौँ राउन्डमा दोस्रो वरियताका बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन सँग बराबरीमा रोकिए ।

साथै भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बङ्गलादेशी एफएम नयेम हकले अमरदीप बर्तके माथि जीत निकाल्दै भारतीय खेलाडी द्वोय सुभयान कुण्डु र राहुल गुरुङ साथै बङ्गलादेशी खेलाडी द्वोय आईएम मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अंकका साथ उपाधिको लागी अग्रपंतिमा छन् ।

नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अङ्क जोडेका छन् ।

त्यसै गरी चार अंकका साथ बङ्गलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरू एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते पछ्याउँदै छन् ।

पाँचौँ राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बङ्गलादेशी एफएम मोहमद शरीफ हुसैन सँग बराबरी खेल्दै ३.५ अङ्क हात पारेको छ ।

त्यसै गरी बङ्गलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवं चौधरी पनि ३.५ अन बटुल्न सफल भएका छन् ।

कुल पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार राशि भएको यस प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको सहमतिमा भएको महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले बताए ।

नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुति तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता हेटौँडाको सामना होटलमा सञ्चालन भएको हो ।

उद्घाटन प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशको सदस्य सचिव सूर्य लाल भण्डारीले गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *