देशलाई नयाँ ढंगबाट समृद्धिको यात्रामा लैजान आवश्यक : डा. कोइराला
२०८० मंसिर १५ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सबै ठुला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् ।
नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको बताए ।
जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनले बताए ।
राजनीतिक दलको नेतृत्वमा बस्नेहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने–‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले सम्मान पूर्वक नेतृत्व छाड्नुपर्छ ।’
नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

२०८० मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








