हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता : पुरुषोत्तम माथि भारतीय खेलाडी कुण्डुको जीत

काठमाडौँ । शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले तेस्रो चरणमा नेपाली युवा (यु–१५) खेलाडी पुरुषोत्तम सिलवाल माथि जीत निकाल्दै ३ अंक जोडी शतप्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।

‘हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०’ को तेस्रो राउण्ड समाप्त हुँदा, २३९३ रेटिङ भएका प्रतियोगिताका भारतीय खेलाडी सुभयान कुण्डुले अंक प्राप्त गर्न सफल भएका हुन् ।

बुधवार हेटौँडाको सामना होटलमा सञ्चालन भइरहेको, नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुति तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा उक्त ‘हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०’ भएको थियो ।

त्यसैगरी अर्को नेपाली युवा खेलाडी इन्जिनियर तथा एरिना आईएम सुश्रुत दाहाललाई मात दिँदै दोस्रो वरियताका बङ्गलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भए ।

समान ३ अंकका साथ बङ्गलादेशी एफएम द्वोय मोहमद सरिफ होसैन र नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके अग्रपंतिमा रहन सफल भएका छन्।

बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिए, दुवैको समान २.५ अंक छ ।

त्यसैगरी बङ्गलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरीउम समान साढे दुई अंकका साथ पछ्याउँदै छैन ।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर(डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन्।

कुल ५८७५५०० (पाँच लाख सतासी हजार पाँच सय) नगद पुरस्कार रहेको यस प्रतियोगिता विजेताले १२५००० (एक लाख पच्चिस हजार) प्राप्त गर्ने छ ।

उत्कृष्ट १५ र क्याटवरी २३ गरी कुल ३८ जना पुरस्कृत हुने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *