नेपाल एयरलाइन्सको दाबी– परिवर्तित उडानबारे सबै यात्रुलाई खबर गरेका थियौँ

काठमाडौं । नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ ।

उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको हो ।

बुधवार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

“हामीले सबैलाई खबर गरेका थियौँ । कल पनि गरेको थियौँ । धेरै सङ्ख्या आउनु पनि भयो । केही छुट्नु भयो । उहाँहरू छुट्नु भएकामा हामीलाई दुःख लागेको छ,” प्रवक्ता पौडेलले भने, “उहाँहरूलाई जतिसक्दो छिटो पठाउनको लागि हामी लागेका छौँ, बेलुका ११ः३० मा हाम्रै फ्लाइट छ । उहाँहरूलाई पठाउँछौँ ।”

यो पनि पढ्नुहोस्–

प्रधानमन्त्री लिएर दुबई उडेको नेपाल एयरलाइन्सको टिकट काटेका ३१ यात्रु छुटे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *