नेकपा एसले डाक्यो सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ ।

त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *