माछापुच्छ्रेमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिइन् ।

पालिकाभित्रका विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताइन् ।

सम्पूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु सात हजार, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्म लगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

यसअघि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण पाँच रजत र तीन कास्य प्राप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण तीन रजत र तीन कास्य प्राप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कास्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *