बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य स्थिर रहेको हो ।

बुधबार सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *