३४.१ प्रतिशतले घट्यो चुरोट तान्ने नेपालीको सङ्ख्या

काठमाडौं । नेपालमा चुरोट तान्ने व्यक्तिहरूको सङ्ख्या घटेको छ ।

वर्ल्ड अफ स्टाटिक्स्ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० देखि २०२० बिचमा नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या ३४ दशमलव १ प्रतिशतले घटेको छ ।

तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ ।

विश्वकै तथ्याङ्क हेर्ने हो भने ११ दशमलव १९ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको छ ।

छिमेकी भारतमा २७.३ र चीनमा १.१ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको बताइएको छ । चुरोट तान्नेहरूको सङ्ख्या घट्दै नघटेको देश इजिप्ट हो । जोर्डनमा ४.१ प्रतिशतले चुरोट तान्नेको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *