चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६ सुरु
२०८३ असार ११ गते

काठमाडौँ । एथलेटिक्स परिवार नेपालको आयोजनामा ‘चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६’ सुरु भएको छ ।
एथलेटिक्स खेलको विकास र खेलाडीहरूको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो प्रतियोगिता सञ्चालन हुन भएको हो ।
आयोजककाअनुसार खेलहरू ११ र १२ गते दुई दिनसम्म चल्नेछ । एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिता सुरु भएको जानकारी दिँदै खेलकुद महोत्सवले खेलाडीहरूको प्रतिभा प्रवर्द्धन गर्ने बताए ।
यस प्रतियोगिताले सहभागी खेल टोली र खेलाडीहरूको हौसला बढाउनुका साथै नेपाली एथलेटिक्सको स्तर वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा उनको छ ।
२०८३ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित










