तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न, डबल्सतर्फ गिरी र गुरुङको जोडीले जिते उपाधि

काठमाडौँ । राजधानीमा सञ्चालन भएको ‘तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता–२०२६’ शनिवार भव्यताका साथ सम्पन्न भएको छ ।

वैशाख २ देखि सुरु भएको यस प्रतियोगिताको अन्तिम दिन शनिवार विभिन्न ८ वटा विधामा फाइनल खेलहरू सम्पन्न भई उपाधि विजेताहरूको टुङ्गो लागेको हो ।

प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको ३५ वर्षमाथि (३५ प्लस) को एकल विधामा भीष्मजंग गुरुङले सिमान्त गुरुङलाई ३-६, ६-४ (१०-७) को कठिन सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भए । सोही उमेर समूहको डबल्सतर्फ मेघेन्द्र प्रकाश गिरी र भीष्म जंग गुरुङको जोडीले सन्तोष भण्डारी र हरक सिंह धामीको जोडीलाई ६-२, ६-२ को सोझो सेटमा हराउँदै उपाधि जिते जिते ।

४५ वर्षमाथि को एकल विधामा देव क्षेत्रीले अमित गुरुङलाई ६-३, ४-१ (रिटायर्ड) को स्थितिमा पराजित गर्दै उपाधि जिते । डबल्सतर्फ रबिन गुरुङ र देव क्षेत्रीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई २-६, ७-६ (१०-३) ले पछि पार्दै च्याम्पियन बन्यो ।

त्यसैगरी, ५५ वर्षमाथि (५५ प्लस) को एकल प्रतिस्पर्धामा आशिष सिग्देलले उत्तम बोगटीलाई ४-६, ६-१ (१०-३) को नतिजाले हराउँदै उपाधि सुरक्षित गरे । डबल्सतर्फ शिव सेढाईं र हिमाल शाहको जोडीले बिमल के. गुरुङ र डेगेन्द्र श्रेष्ठको जोडीलाई ५-७, ६-२ (१०-३) को सङ्घर्षपूर्ण खेलमा पराजित गर्दै उपाधि जित्यो ।

६५ वर्षमाथिको एकल विधामा कमल थापाले पवित्र रायमाझीलाई ६-४, ६-१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियनको ट्रफी उचाले । त्यस्तै, डबल्सतर्फ कमल थापा र छाम्बा धन्दुपको जोडीले ध्रुव गुरुङ र रबिन्द्र दासको जोडीलाई ४-६, ६-३ (१०-५) ले पराजित गर्दै दोहोरो सफलता हात पारे ।

मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको यस प्रतियोगिताले नेपालमा एमेच्योर टेनिस खेलाडीहरूको उत्साह र खेल स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । ५ दिनसम्म चलेको यस प्रतियोगितामा विभिन्न उमेर समूहका १२० बढी खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी, टेनिस खेलको विकासका लागि प्रेसिडेन्ट कपको पनि घोषणा गरिएको छ ।

उक्त प्रतियोगिता आगामी श्रावणदेखि सुरु हुने छ भने डेभिस कप फर्म्याटमा सिंगल र डबल्सको प्रतिस्पर्धा हुने छ । यसमा नेपालका सम्पूर्ण कल्बहरुले प्रतिस्पर्धा गर्न पाउने टेक्निकल डाइरेक्टर कृष्ण घलेले जानकारी दिए । यो प्रेसिडेन्ट कप टुर्नामेन्टको आयोजना तथा प्रवर्द्धन MJTA मन जयन्कर टेनिस एकेडेमीका प्रेसिडेन्ट मनोज शम्सेर राणाले आजको समारोहमा घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =