सामाजिक सुरक्षा दिवस

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।

सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सामाजिक सुरक्षाको अवधारणका धेरै मुलुकहरूमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए । उनले कोषमा जम्मा भएको रकम परिचालन विविधिकारण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।

उनले सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने बताए । उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिविद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए ।

उनले स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने दाबी गरे ।

उनले भने ‘प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिविद्धताअनुसार काम अन्तिम चरणमा पुगेको छ । स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएका छौं । यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउँछौँ । श्रम ऐनमा दिएका अधिकारहरू प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काम गर्छौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा रहेका कानुनी कमीकमजोरीहरूलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजान्छ । सामाजिक सुरक्षाको अवधारणका धेरै मुलुकहरूमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास देखेका छौं । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जगेडा कोष जस्तो हो जसले मुलुकलाई प्राण दान दिने अवस्था सिर्जना भइरहेको हुन्छ । कोषमा जम्मा भएको रकम कसरी परिचालन कसरी गर्ने भन्ने प्रश्न छ । सामाजिक सुरक्षा कोष कोषमा श्रमिक र रोजगारदाताहरूबाट संकलन भएको रकम बैंकका राखेर ब्याज खान स्थापना भएको होइन । जम्मा भएको रकम विविधिकरण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरेर राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक छ । सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्छ ।’

उनले श्रम ऐनमा दिएका अधिकारहरू प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा रहेका कानुनी कमीकमजोरीहरूलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =