संसदीय सुनुवाइ समिति

प्रस्तावित राजदूत पौड्यालमाथि कर्मचारीको कोटामा छोरीलाई विदेश पठाएको उजुरी

काठमाडौं । क्यानडाका लागि राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको संसदीय सुनुवाइ भइरहेको छ ।

सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि उजुरी आह्वान गरेको थियो । पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ ।

उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई स्वीजरल्याण्ड पठाएको उल्लेख छ ।

पौड्यालले प्रतिमहिना ६ लाख रूपैयाँ उपलब्ध हुने दुई वर्षको छात्रवृत्तिमा छोरीलाई पठाएको र छोरी सरकारी कर्मचारी नै नरहेको उजुरीमा उल्लेख छ ।

अहिले चलिरहेको पौड्यालमाथिको संसदीय सुनुवाइमा उनीमाथि परेको उजुरीबारे सांसदहरूले प्रश्न सोधिरहेका छन् ।

उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो ।

परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =