दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द, समर्थक बसेको ‘प्यालेस’ वरपर प्रहरी निगरानी

काठमाडौँ । प्रहरी-प्रशासनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नै घरमा नजरबन्दमा राख्ने रणनीति बनाएको छ । ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँलाई प्रहरीले आफ्नै घरमा नजरबन्दमा राख्ने रणनीति बनाएको हो ।

प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ ।

बिहीबारको कार्यक्रममा लागि आएका समर्थकहरू बसेको होटल तथा प्यालेसमा पनि प्रहरी निगरानी बढाइएको छ । उनीहरु कार्यक्रममा लागि आउने भनिएपछि प्रहरीले निगरानी बढाएको हो । अभियानले आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो क्षेत्रमा कार्यक्रम गर्न निषेध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =