दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हान्यो १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरका गोली

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा प्रहरीले अत्याधिक मात्रामा अश्रुग्यास प्रहार गरेको छ।
प्रदर्शनकारीलाई प्रहरीले १ सय ५७ सेल अश्रुग्यास प्रहार गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले प्रदर्शनकारीलाई ५ राउण्ड रबरका गोलि पनि प्रहार गरेको थियो।
बिहीबार दिउँसो काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा प्हरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो।
बिहान युवा संघ र प्रसाईंका कार्यकर्ताबिच सुरुमा झडप भएको थियो। त्यसपछि प्रहरीसँग झडप भएको हो। झडपमा प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ।
प्रदर्शनकारीतर्फ २३ जना र ५ प्रहरी गरी २८ जना घाइते भएका छन्। १७ जना घाइते उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।
५ जना प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
सुरक्षा योजना र कार्यान्वयन सम्बन्धी विवरण
१. तीनवटै जिल्ला प्रशासन कार्यालयका जिल्ला सुरक्षा समितिद्वारा निर्णय गरी तयार गरिएको एकीकृत सुरक्षा योजनालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाट compillation गरी सोही आधारमा सुरक्षाकर्मीहरु परिचालन गरिएको ।
२. काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालयसमेतसँग समन्वय गरी थप जनशक्ति तथा logistical support को व्यवस्थापन गरिएको।
३. प्रत्येक जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको कमाण्ड पोष्ट स्थापना गरिएको ।
४. काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित Joint Operation Command Cemtre (JOCC) मार्फत परिस्थिती situation को निरन्तर मूल्याङ्कन गरिएको ।
५. काठमाण्डौ उपत्यकाका सुरक्षा प्रमुखहरु सम्मिलित उपत्यका कमाण्ड पोष्ट स्थापना गरिएको छ । Joint Operation Command Centre (JOCC) को प्रतिवेदन अनुरुप परिस्थितिको मूल्याङ्कन गरी आवश्यकता अनुरुप जनशक्तिको परिचालन गरिएको ।
६. यथेष्ट सङ्ख्यामा जनशक्तिको परिचालन तथा प्रविधिको प्रयोग गरिएको । सम्भावित भेला जम्मा हुने स्थानहरु, जुलुशको रुट र कार्यक्रमस्थलको सुरक्षाका लागि सुरक्षाकर्मीद्वारा निरन्तर निगरानी गरी सुरक्षा प्रदान गरिएको ।
७. उपत्यकाको अन्य स्थानहरु जस्तै महत्वपूर्ण प्रतिष्ठानहरु, विदेशी कुटनैतिक नियोग कार्यालयहरु, बिमानस्थलको आवागमनलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिएको ।
८. अं. १२ बजे बल्खु चोकमा केहिबेर झडप हुन खोजेकोमा थप सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको । प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन उत्तेजित भई ढुङ्गा प्रहार गर्दा ५ जना प्रहरी कर्मचारी घाइते भएकाले नेपाल प्रहरी अस्पतालमा लगी उपचार गराइएको ।
९. प्रारम्भिक विवरण अनुसार प्रहरीको मेघाफोन ३ वटा, शिल्ड-११, हेल्मेट-३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको ।
१०. भिडलाई नियन्त्रणमा लिन प्रहरीद्वारा वाटर क्याननबाट पानीको फोहरा, अश्रुग्यास-१५७ सेल र रवरको गोली-५ राउण्ड प्रहार गरिएको ।
११. प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएकामा १७ जना उपचार पश्चात डिस्चार्ज भएका ।
१२. अन्य छ जनाको काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचार भईरहेको- अवस्था सामान्य रहेको ।
१३. हालसम्मको सुरक्षा व्यवस्था सामान्य रहेको र सुरक्षाकर्मीद्वारा निरन्तर निगरानी तथा विश्लेषण गरी सुरक्षा व्यवस्थालाई मजवुत बनाइएको ।








