आजबाट जनताको तन्त्र सुरु भयो : दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले आज देखि जनताको तन्त्र आउने बताएका छन् ।

उनले सरकारले आज लघु वित्त र सहकारीलाई सुकुम्वासी बनाएको भन्दै गरिबको घर जग्गा नलुटिदे, सुकुम्वासी नबनाइदेऊ भनेर आवाज उठाएका छन् ।

उनले भने ‘आज देखि जनताको तन्त्र आउँछ । यो देशमा सबै भन्दा धेरै सुन तस्करी छन् । यहाँबाट भारत जान्छ सुन । यहाँ बाट नक्कली रुपैयाँ भारत जान्छ । यहाँ रक्त चन्दनको सप्लाई हुन्छ , यहाँ सुपारिको तस्करी हुन्छ ।’

उनले सबैभन्दा बढी तस्कर नेपालमा भएको बताएका छन् ।

उनले संघीयतालाई लात हानेर हटाउनु पर्ने र नेपाली युवाहरूलाई नेपाल फर्काएर पुरानो देश बनाउनु पर्ने बताए ।

उनले अब सिंहदरबार कब्जा गर्नुपर्ने बताए । आजदेखि राजतन्त्र ल्याउनु पर्ने बताए ।

त्यसका लागि सम्पूर्ण काठमाडौँ बासीहरूलाई व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन उनले आग्रह गरेका छन् ।

उनले नेकपा अपराधी नेताहरूले अब देश चलाउन नपाउने भन्दै चेतावनी दिएका छन् ।

उनले भने ‘यहाँको उद्योग धन्दा कलकारखाना बन्द गराइए राजा महेन्द्रको पालामा हामे देश उद्योग युगमा परिणत भइसकेको थियो । उद्योग युगमा हिँडी सकेको थियो । राजा महेन्द्र पालामा ९२ बटा उद्योग बनेका थिए , आठ सय स्कुल बनेका थिए। तर आज ती उद्योग कलकारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाए र यो देशमा रक्सी, चुरोट र चकलेट ल्याउने ट्रेनिङसेनटर बनाइयो । एउटा माडबारीहरुको इसारामा यो देशलाई तस्करीको हिस्सा बनाइयो । आज विश्वको जुवा खेल्ने कहाँ हो भन्दा नेपाल भन्छन् । हिमालको देश भन्दैनन् ।म सँग यहाँ ७० वर्ष पुरानो पार्टी भिडिराखेको छ । आज राज्य म सँग एक्लै भिडिरहेको छ ।’

उनले राजा महेन्द्रको पालामा देश उद्योग युगमा परिणत भइसकेको र हाल उद्योग कलकारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =