स्वीट्जरल्याण्डले दिने ६५ करोड अनुदान रकम स्वीकृत

काठमाडौँ । सरकारले स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका ४ जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कार्तिक २४ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

उनले भनिन् ‘विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यसैगरी प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान स्वीकृत गर्ने पनि निर्णय भएको छ । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन भएको थियो । जाँचबुझ आयोगको माग बमोजिम ४ जना प्राविधिक सहितका जनशक्ति थप गर्ने भन्ने निर्णय पनि भएको छ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिनुभएको राजीनामालाई २०८०/०७/२४ बाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय भएको छ । त्यसैगरी, ऊर्जा सचिव दिनेश कुमार घिमिरेले उहाँको पदावधि सिद्धिनुभन्दा एक महिना अगाडी राजीनामा दिनुभएको छ । उहाँले पनि व्यक्तिगत कारण देखाउनु भएको छ । उहाँको पनि राजीनामा स्वीकृत गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =