नाटक ‘युद्धका घाउहरू २.०’को विशेष मञ्चन (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा बुधबार माओवादी सशस्त्र द्वन्द्वको घटना परिघटनामा आधारित नाटक ‘युद्धका घाउहरू २.०’को विशेष मञ्चन भएको छ ।

माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका, यौनिक हिंसामा परेका, विस्थापन भएका, अङ्गभङ्ग तथा शारीरिक यातना भोगेका आदि कथामाथि केन्द्रित नाटक युद्धका घाउहरू २.० ले त्यतिबेलाका युद्धका घाउहरू अझै अस्तित्वमा छन् भन्नेतर्फ सूचित गरेको छ ।

सामाजिक रूपान्तरण तथा शान्ति निर्माणका लागि रंगमञ्च शीर्षकमा सञ्चालित मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले तयार पारेको यो नाटकलाई २४ जुलाई, २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो ।

यस नाटकलाई गत साउन १६ गतेदेखि  २१ गतेसम्म मण्डला थिएटरमा नियमित मञ्चन समेत गरिएको थियो । अन्जान प्रदीपको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुम, नीरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्रा पेहिम र सुस्मिता पोखरेलको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *