जाजरकोट भूकम्प

अस्थायी आवासको पहिलो किस्ताको निकासा : एक अर्ब ४१ करोड

काठमाडौँ । भूकम्प प्रभावितको अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ ।

पहिलो किस्ताको रकम अस्थायी आवास निर्माणका लागि निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा आजै (सोमबार) निकासा भएको हो ।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको जनाएको छ ।

भूकम्प प्रभावितले स्थानीय तहमा अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =