विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि, अवस्था यकिन गर्न सकिएन : दूतावास

काठमाडौँ । कञ्चनपुरका विपिन जोशी विद्रोही हमास समूहको नियन्त्रणमा रहेको खुलेको छ । इजरायलमा हमासले गरेको आक्रमणपछि ४४ दिनदेखि सम्पर्कविहीन रहेका जोशीलाई हमासले गाजा क्षेत्रमा बन्धक बनाएको खुलेको हो ।

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका विपिनको पछिल्लो अवस्था यकिन गर्न नसकिएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिइएको छ ।

यो पनि : विपिन जोशी बन्धक अवस्थामा छन् भन्ने आधार के हो ?

‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुत्ज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =