विश्वकप फाइनल : कोहली आउट, दबाबमा भारत
२०८० मंसिर ३ गते

काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ ।
पूर्व कप्तान विराट कोहली ५४ रन बनाएर आउट भए ।
अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले उनलाई बोल्ड आउट गरेका थिए ।
८१ रनमा तीन विकेट गुमाएको अवस्थामा कोहलीले केएल राहुलसँग ६७ रनको साझेदारी गरेका थिए ।
विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








