५० औं शतक पूरा गर्दै विराट कोहलीले बनाए विश्व रेकर्ड
२०८० कार्तिक २९ गते

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्रिकेटका भगवान नामले परिचत पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् ।
बुधबार आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिताको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै सचिनको नाममा रहेको रेकर्ड तोडेका हुन् ।
ओडीआई करिअरमा यो विराटको ५०औं शतक हो । साथै उनी विश्वक्रिकेटमै सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
यसअघि यो रकेर्ड भारतीय पूर्व क्रिकेटर सचिनकै नाममा थियो । सचिनले इन्टरनेशनल ओडीआईमा सर्वाधिक ४९ शतक प्रहार गरेका थिए ।
तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९औं शतक पूरा गरेका थिए । कोहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औं शतक बनाएका हुन्। जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले विस्फोटक प्रदर्शन गरिरहेको छ ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








