के भन्छिन् मिस पवि ?

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ भने टिकटकबाट भाइरल भएकाहरूको प्रतिक्रिया पनि फरकफरक छ । यसैबीच टिकटकबाटै भाइरल बनेकी अमरगढी नगरपालिका-८ लटाउलीको पवित्रा साँकी अर्थात् मिस पविले आफूले टिकटक बारे केही पनि नभन्ने प्रतिक्रिया दिएकी छन् । समाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘मलाई टिकटक बारे केही भन्नू छैन्यो  पोष्ट हेरेपछि फोन, म्यासेज केही नगर्नु है।’

पविले अर्को स्टाटस हाल्दै लेखेकि छन्, ‘सबभन्दा बढि बोलेका त भाइरल नभाका पो बोल्दा रहेछन् ।’ टिकटक बन्द गर्ने सरकारको निर्णय पश्चात् धेरैले पविलाई मेन्सन गर्दै सोधेँका थिए । त्यसपछि उनले लेखेकी छन्, ‘उफ्फ मेरो कती टेन्सन लेको हाै, मान्छेहरूले ।’

उनी डोटेली भाषाको टिकटकबाट भाइरल भएकी थिइन् । भाइर पश्चात् दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन् पविले। उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै । सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन् । टिकटकस्टारको रुपमा चिनिएपछि मिस पविलाई काठमाडौंबाट म्युजिक भिडिओका अफर आउन थाले । अहिलेसम्म उनले ४० भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *