एशियाडमा रजत पदक प्राप्त गुरुङलाई सम्मान

काठमाडौं । एसएस फाउण्डेशनले एशियाली खेलकदमा रजत पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।
सोमवार शुभ दीपावलीको अवसरमा एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।
चीनको हाङझाउमा जारी १९ औं एशियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक प्राप्त गरेका थिए ।
पदक विजेता खेलाडी गुरुङ र उनका प्रशिक्षकलाई फाउण्डेशनले प्रमाणपत्र र ३१ हजार नगदसहित सम्मान गरेको हो ।
सम्मान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको बताए । उनले खेलकुदमा हासिल गरेको सफलताले अझै शिखर चुम्नुपर्ने बताए ।
उनले जलश्रोतमा नेपालको अपरा सम्भाव्यता रहेको बताए ।
उनले भने– ‘नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको छ । यो खेलकुदमा हासिल गरेको सफलता र जलश्रोतमा भएको अपार सम्भाव्यताले हरेक तिहारमा नेपाललाई उज्यालो पारोस् ।’
सो अवसरमा फाउण्डेशनले दोलखाली पत्रकार समाजको अध्यक्ष भएकोमा फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई पनि सम्मान गरेको थियो ।








