नेपाल टेनिस खेलाडी सुनिरालाई बङ्गलादेशमा रजत

काठमाडौँ । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बङ्गलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा शुक्रवार रजत जितेकी छन् ।

ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसंग ६–३ र ६–० ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन् ।

बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बाइ पाउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।

प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन् ।

सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने ।

नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ । सर्किट– २ भने बङ्गलादेशको राजशाहीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *