शिभाली बनिन् ‘यु–१४ सिंगल्स च्याम्पियन’ 

काठमाडौँ । शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा शुक्रवार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भए ।

उनीहरूले महेश श्रेष्ठ र अनिल साहीको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए ।

योसँगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धा मध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ । बाँकी ३ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिवार हुनेछ । त्यसदिन प्रतियोगिताकै २ मुख्य स्पर्धा पुरुष÷महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ ।

पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासंग खेल्ने छन् । महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्ने छिन् । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *