प्रधानमन्त्री प्रचण्ड र वाङ चुनचङबीच भेटवार्ता
२०८० कार्तिक २३ गते

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका चुनचङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको बताइएको छ ।
उनले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए ।
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








