रेखाको योजना : पहिला सुत्केरी त्यसपछि उपहार रिलिज

काठमाडौँ । पछिल्लो समय राजनीतिमा सक्रिय भएकी अभिनेत्री रेखा थापा गत संसदीय निर्वाचनमा पराजित भइन । तथापि, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रेखा आधादशकपछि चलचित्र निर्माणमा उत्रिएकी छन् ।

उनले निर्माण गरेको चलचित्र उपहार आगामी २५ फागुनबाट रिलिजको घोषणा गरेकी छन् । काठमाडौंमा यो चलचित्रको ‘वाह् वाह् वाह्’ गीतको भिडियो रिलिज गर्दै उनले फिल्म रिलिज मिति घोषणा गरेकी हुन् । यो गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीको नृत्य रहेको छ ।

अभिनेत्री रेखा थापा यही माघमा आमा बन्दै छिन् आमा बनेको अर्को महिनामा उनले चलचित्र उपहार रिलिज गर्दै छिन् । सोही कारण उनी अहिले निकै धपेडीमा छिन् । आफू सुत्केरी भएपछि बल्ल उनले यो चलचित्र रिलिज गर्ने बताएकी छन् ।

त्यसो त आगामी २५ फागुनमा अरू तीन नेपाली चलचित्र ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’ पनि रिलिज हुने भएका छन् । यस अघि नै उनीहरूले सो मितिमा फिल्म रिलिजको घोषणा गरेका हुन् । उनीहरू सबै रिलिज नहुने दाबीसहित रेखाले यही मितिमा उपहार रिलिज गर्न लागेकी हुन् । सो मितिमा बाँकी तीन सिनेमासँग जुध्न रेखालाई सजिलो छैन । आभिनेत्री रेखाले आफ्नो फिल्म हास्यव्यंग्य सँगै सामाजिक कथामा आधारित भएकाले सफल हुने दाबी गरेकी छन् ।

यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । अघिल्लो सिनेमा झिंगे दाउ सफल भएकाले उपहार पनि हिट हुनेदाबी यी निर्देशकको छ । यो चलचित्रमा अन्य कलाकारमा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत छन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा रेखाका श्रीमान् बलराम शाही ठकुरी छन् ।

निर्मातामा भने सुलभ प्रतीक र समीक्षा देउजा रहेका छन् । जसमा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *