नक्कली नोट र फोटोकपी मेसिनसहित गुरूङ पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका–६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय
कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =