विराटले गरे तेन्दुलकरको विश्व कीर्तिमानसँग बराबरी

काठमाडौं । सचिन तेन्दुलकरको एक दिवसीय शतकको विश्व कीर्तिमानसँग विराट कोहलीले बराबरी गरेका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटमा भारतका ब्याट्सम्यान कोहलीले ४९ औं एक दिवसीय शतकको विश्व कीर्तिमानसँग बराबरी गरेका हुन् ।

कोहलीले कोलकात्ताको इडेन गार्डेन मैदानमा ११९ बलमा शतक प्रहार गर्दै तेन्दुलकरको रेकर्डसँग बराबरी गरेका हुन् ।​​​

कोहलीले आफ्नो जन्म दिनकै तेन्दुलकरको रेकर्ड बराबरी गरे ।

तेन्दुलकरले ४५२ खेलमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ खेलमा उक्त रेकर्डको बराबरी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =