नेपाल स्तब्ध बन्न पुगेको त्यो ‘सुपर ओभर’

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आईतवार ओमानसँग सुपर ओभरमार्फत हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रन जोडेपछि खेल ‘टाई’ हुँदा सुपर ओभरमा धकेलिएको हो ।

तर, सुपर ओभरमा अविनाश बोहोराले खराब बलिङ गरे । नसिम खुसीले उनलाई तीन छक्का प्रहार गर्दै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिए । जवाफी ब्याटिङमा आएको नेपालले पहिलो बलमा नै कुशल भुर्तेललाई गुमायो ।

बिलाल खानले उत्कृष्ट बलिङ गर्दै दोस्रो बलमा कुनै रन दिएनन् । उनले तेस्रो र चौथो बलमा समान एक रन मात्र दिँदै ओमानको जित सुरक्षित गराए । कुशल मल्लले पाँचौं र छैटौं बलमा चौका प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । तर, डेथ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदा सात रन मात्र खर्चिएपछि खेल ‘टाई’ भयो र सुपर ओभरमा धकेलियो । सुपर ओभरमा अविनाश महँगो भएपछि नेपाल उपाधि विमुख रह्यो ।

समूहचरणमा नेपालमाथि जित निकालेको ओमान अपराजित रहँदै उपाधि जित्न सफल भयो । चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा ओमानले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ गरेको थियो । ओमानले पावर प्लेमा एक विकेट गुमाउँदा ६३ रन जोड्यो । ओपनर कश्यप प्रजापतीले ६३ रन जोड्दा अकिब इलियसले ३३ रन, कप्तान जिसान मक्सुदले २६ रन र मोहम्मद नादिम २४ रनमा नटआउट रहँदै ओमानलाई बलियो स्थितिमा पु¥याए । अन्तिम ओभरमा सन्दीपसामु चल्न नसक्दा जित निकाल्न भने सकेन ।

नेपालको बलिङमा सन्दीप र करण केसीले दुई तथा विवेक यादव, अविनाश, गुल्सन झा र सोमपाल कामीले समान एक विकेट लिए । त्यसअघि टस जितेर उत्कृष्ट ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८४ रन जोड्यो । कप्तान रोहित पौडेलले ५२ रन र गुल्सनले ५४ रनको अर्धशतक प्रहार गर्दै राम्रो योगफलसम्म पु¥याए । नेपालले २.४ ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमै गुमाउन पुग्यो । तर, अर्का ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै पावरप्लेमा ४७÷१ को स्थितिमा पु¥याए ।

सातौं ओभरको पहिलो बलमै नेपालले विकेट गुमायो । सन्दीप जोरा १३ बल खेलेर १० रनमा आउट भए । लगत्तै आठौं ओभरमा कुशल भुर्तेल पनि ३१ रनमा आउट भएसँगै ओमानी बलरले पकड जमाए । दबाबमा परेको नेपालले दशौं ओभरको अन्तिम बलमा कुशल मल्ललाई ३ रनमै गुमाउन पुग्यो । यससँगै नेपाल ६०÷४ को नाजुक अवस्थामा पुग्यो । तर, रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ७८ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पु¥याए । १६.६ ओभरमा बिलालले गुल्सनलाई सकिल अहमदबाट क्याच आउट गराउँदै साझेदारी तोडे ।

गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । एक छेउबाट रोहितले इनिङ अगाडि बढाए । तर, विवेक यादव ३ बल खेलेर १ रनमा आउट हुन पुगे । १६.६ ओभरमा नेपाल १३८÷५ को अवस्थामा थियो । त्यसपछि करण केसीले रोहितलाई साथ दिँदै राम्रो लक्ष्यमा अग्रसर गराए । यो जोडीले छैटौं विकेटका लागि अविजित ३२ रनको साझेदारी गरे । करणले ६ बलमा दुई छक्का र एक चौकासहित २० रन जोडे । रोहितले ३७ बलमा पाँच चौका र दुई छक्का हिर्काए । ओमानको बलिङमा बिलाल खानले तीन विकेट तथा अकिब इलियसले दुई र जिसान मक्सुदले एक विकेट निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =