कर्णालीलाई डेढ करोड सहयोग गर्ने बागमती सरकारको घोषणा
२०८० कार्तिक १८ गते

काठमाडौं । बागमती प्रदेश सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि १ करोड ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचार तथा प्रभावितहरूको उद्धारका लागि कर्णाली प्रदेशलाई १ करोड ५० लाख रूपैयाँ दिने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले जानकारी दिए ।
गएरातिको भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्रहरीका अनुसार भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते भएका छन् । अरू भौतिक संरचनामा कति क्षति पुग्यो भन्ने यकिन विवरण अझै आइपुगेको छैन ।
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








