रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको छ ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको हो ।

इजलासमा आदेश सुनाउँदै न्यायाधिश खतिवडाले भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने ।’

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएर संविधान दिवसको दिन छुटेका थिए ।

चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले उक्त निर्णयविरूद्ध गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *