चालु संसद्को अधिवेशन राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय (भिडिओ)

काठमाडौँ । सरकारले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताए । उनकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।

मन्त्री ज्वालाले भने, ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसाबले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरूलाई सास्ती दिने जस्ता कतिपय कुराहरू सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरूलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =