रुस्लान एमेच्योर गल्फ यसै साता हुँदै

काठमाडौँ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ ।

आरएनजिसीले आफ्नो स्थापनाको १०७ औँ वर्ष र रुस्लानले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सवका अवसरमा आरएनजिसीमा दुईदिने प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

उक्त प्रतियोगिता आगामी कात्तिक १७ र १८ गते हुनेछन् । प्रतियोगिता स्टेबलफर्ड तीन बाइ चार ह्यान्डिक्याप फरम्याटमा कुल १८ होलमा प्रतिस्पर्धा हुनेछ । क्लबका सदस्यसँगै प्रायोजकका प्रतिनिधिले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा एक सय ३० गल्फरले प्रतिस्पर्धा गर्ने रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले जानकारी दिए ।

१२ फरक विधाका विजेतालाई पुरस्कृत गरिनेछ । प्रायोजक जावलाखेल ग्रुप अफ इन्ड्स्ट्रीज (जेजिआई) का निर्देशक श्रीहर राणाले प्रतियोगितामा विशेष पुरस्कार स्वरूप बैंककको दुईतर्फी टिकट राखिएको जानकारी दिए ।

कार्यक्रममा क्लब कप्तान मिथुन राई र सचिव किशन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *