संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाई थियो ।

बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए ।

तत्कालीन द्वन्द्वरत पक्षहरू गम्भीर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको बताए ।

अध्यक्ष यादवले भने ‘शान्ति प्रक्रियालाई अन्तिम टुंगोसम्म पुर्याउनका लागि विगतमा सम्झौताहरू भईसकेका छन् । र, यो प्रक्रियालाई टुंग्याउन धेरै ढिलो भयो । त्यसका लागि दुर्ई वटा कुरा । एउटा, विगतका सहमतिलाई कार्यान्वयन गर्ने । जुन काम सबै दलले मिलेर गरेको हो । अर्को के हो भने चाँडै नै संक्रमणकालीन न्याय (टिआरसी) लाई र बेपत्ता आयोगलार्ई मूुर्तरुप दिएर टिआरसीको ऐनहरू पास गरेर त्यसलाई कार्यान्वयनमा लैजानु पर्छ । र, यसलाई चाँडै टुंग्याउनु पर्छ । यो जति ढिलो हुँदै गयो, त्यति नै यसको नकारात्मक असरहरू पर्दै जान्छ । यसका सरोकारवाला पक्षहरू नेपालमा के छ भने बानी भने सम्झौता गर्ने, तर परिस्थिति चेन्ज भएपछि त्यसलाई कार्यान्वयन नगर्ने । त्यसकारण सम्झौताका हस्ताक्षरकर्ताहरुनै सिरियस नभएको, त्यसप्रति संवेदनशील नभएकै कारण यो समयमा नटुङ्गिएको हो । बेपत्ता छानबिन आयोगलाई अघि बढाउने र टिआरसीलाई सांसदबाट पारित गराएर अगाडि बढने ।’

अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुर्याउन बेपत्ता छानबिन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =