एनआरएनएका अध्यक्ष बद्री केसी र एमाले नेता महेश बस्नेतविरूद्ध प्रहरीमा उजुरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी र नेकपा (एमाले) का नेता महेश बस्नेतविरूद्ध प्रहरीमा उजुरी परेको छ।

मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा कुटपिट भएपछि नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुव्र्यवहार र ओम शर्मामाथि कुटपिट गरेका थिए।

संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेका हुन्।

कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। एनआरएनएको महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेपछि एनआरएनएमा विवाद चुलिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *