सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन सक्दैन : सभापति राणा

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताएकी छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् ।

उनले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले दूध उत्पादन किसान तथा अन्य किसानहरूको भुक्तानीमा सरकारले प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।

उनले भनिन् ‘कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिनुपर्छ । उखु उत्पादनलाई पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा लडाई हुँदा ठूलो समस्या भयो अर्को लडाई होला जस्तो छ त्यसपछि हामीले के खाने भन्ने हुन्छ । हाम्रो १० लाख हेक्टर जमिनमा अहिलेसम्म खेती नै छैन । त्यो बाँझो जमिनलाई हामीले कसरी प्रयोग गर्ने भन्ने मापदण्ड तयार बनाउनुपर्छ । सरकारले किसानहरूको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्छ । दूध वा अन्य किसानहरूलाई प्रमुख प्राथमिकतामा राखेर भुक्तानी गर्न ध्यानाकर्षण गराउँछौँ । कृषि क्षेत्रको अनुसन्धानमा पैसा छैन । कृषि क्षेत्रको अनुसन्धान नभएसम्म नेपालमा कृषि क्षेत्रको प्रगति गर्न सक्दैनौँ । सरकारले कृषि अनुसन्धानको लागि छुटै बजेटको व्यवस्था गर्नुपर्छ । यसमा कृषि ल्याप,नयाँ प्रविधि ल्याउने र बोर्डरको लागि ड्रोन प्रयोग गर्नु मिल्छ भने दुवै देशसँग समन्वय गरेर ड्रोन उडान आवश्यक छ ।’

उनले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताए ।

उनले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =